‘द केरल स्टोरी’ मा नसुरुद्धिनको टिप्पणीः हिटलरका पालामा पनि यस्तै फिल्म बनाउन लगाइन्थ्यो

‘द केरल स्टोरी’ मा नसुरुद्धिनको टिप्पणीः हिटलरका पालामा पनि यस्तै फिल्म बनाउन लगाइन्थ्यो


फिल्ममेकर विपुल शाहको ‘द केरल स्टोरी’ले निकै चर्चा परिचर्चा कमाईरहेको छ। यो फिल्मले बक्स अफिसमा पनि धमाल मचाइरहेको छ। 

तर,कलाकार नसीरुद्दीन शाह भने यो फिल्मलाई अलग्गै नजरले हेरेका छन। जसकाकारण उनी भन्छन, म यो फिल्म हेर्न चाहन्न्।

शाहले भनेका छन् कि,‘अफवाह’,भीडका कारणले मात्र यो फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरेको हो। उनले यो पनि भनेका छन कि,'यो फिल्मले धेरै बढी कुराहरू रहेका छन्। त्यसैले म यो फिल्म हेर्न चाहान्न्।'

नसुरुद्दीन शाहले यस खाले प्रवृत्तिलाई जर्मनीको नाजीवादसँग जोडेका छन्। हिटलरको पालामा सरकार वा नेताहरूले फिल्म निर्मातालाई आफूमाथि फिल्म बनाउन लगाउने र सरकारले देशका जनताका लागि गरेको कामको प्रशंसा गर्ने गरेको उनी सम्झन्छन्। 

जसकाकारण धेरै फिल्म मेकरहरु जर्मनी छोडेर हलिउड गएर त्यहाँ फिल्म बनाउने गर्थे। उनका अनुसार अहिले भारतमा पनि हिटलरकाे समयकालकाे याद गराउने गरी सिनेमाकाे काम सुरु भएकाे छ।

अदा शर्मा स्टारर फिल्म ‘द केरल स्टोरी’ कथा बलियो भएकाले रिलिज अघि नै चर्चामा आयो। रिलिज भएको केही साता बितिसक्दा पनि यो चलचित्रलाई लिएर विभिन्न किसिमका बहस जारी छ। तर,विवादका बाबजुद पनि यो फिल्मलाई दर्शकले रुचाइरहेका छन्।

धेरैले यो फिल्मलाई लिएर सकारात्मक प्रतिक्रिया दिइरहेका छन्,तर अभिनेता कमल हसन र कोलकाताका फिल्ममेकर अनिक चौधरीले यसलाई ‘प्रोपगाण्डा फिल्म’ भनेका छन्,जसका कारण सामाजिक सञ्जालमा उनको निकै आलोचना भइरहेको छ।

Logo