#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18956875710057609467612152142
नेपाल2139060617415156

सागका टेबलटेनिस पदक विजेता सम्मानित

काठमाडौं ।

नेपाल भेट्रान टेबलटेनिस संघले दक्षिण एसियाली खेलकुद (साग) मा हालसम्म पदक जित्ने टेबलटेनिस खेलाडीलाई शनिबार सम्मान गरेको छ । तेस्रोदेखि १३ औं सागमा पदक जित्ने सबै टेबलटेनिस खेलाडीलाई सम्मान गरिएको हो ।

सागको १३ औं संस्करण समाप्तिसम्म नेपालले टेबलटेनिसमा १ स्वर्ण, ६ रजत र २१ कांस्य जितेको छ । भारतको कोलकातामा सन् १९८७ मा भएको तेश्रो सागदेखि टेबलटेनिस पहिलोपटक समावेश गराइएको थियो । समावेश भएको संस्करणदेखि नै नेपालले टेबलटेनिसमा निरन्तर सहभागिता जनाउदै आएको छ ।

सिजरिन शाह, गीता क्षेत्री, निलम तुलाधर र पूजा थापाले महिला टिम इभेन्टमा स्वर्ण जितेका थिए । सिजरिन सागमा सबै भन्दा बढी पदक जित्ने नेपाली खेलाडी पनि हुन् । सिजरिनले स्वर्णसहित ४ रजत र ३ कांस्य जितेकी छिन् । त्यसपछि बढी पदक जित्नेमा नेपाल भेट्रान टेबलटेनिस संघका उपाध्यक्ष समेत रहेका धर्ममान वज्रचार्य छन् । उनले १ रजत र ४ कांस्य जितेका छन् ।

संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, अखिल नेपाल टेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, नेपाल भेट्रान टेबलटेनिस संघकी अध्यक्ष निनु सत्याललगायतले पदक विजेतालाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

मन्डे र लक्ष्मी नगदसहित सम्मानित

शिखरदिप बहुउद्देश्यीय सहकारी संस्थाद्वारा आफ्नो बार्षिक साधारणसभा कार्यक्रममा सागका दोहोरो स्वर्ण पदक बिजेता मन्डे काजी श्रेष्ठ तथा सागका रजत पदक बिजेता भारोत्तोलन खेलाडी लक्ष्मी बन लाई नगद २५ हजार तथा १० हजार बाट प्रमुख अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबाट सम्मान पत्र तथा सहकारीका अध्यक्ष केदारनाथ शर्माबाट खादा ओढाई सम्मान गरेका थिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार