प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा के-केमा भयो सम्झौता ?

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा के-केमा भयो सम्झौता ?


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका छन् । बिहीबार दिउँसो हैदरवाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

भेटवार्तासँगै हैदरवाद हाउसमै प्रधानमन्त्री प्रचण्ड र मोदी संयुक्त पत्रकार सम्मेलनमा सहभागी भए । उनीहरुको उपस्थितिमा केही विषयमा सम्झौतासमेत भएको छ । जसको पत्रकार सम्मेलनमा प्रचण्ड र मोदीले जानकारी दिए । 

उनीहरुका अनुसार सातवटा मुख्य सम्झौता भएका छन् । जसमा सीमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म ल्याउने रहेको छ । 

यसैगरी, नेपाल भारत पारवहन सम्झौता नवीकरण गरिएको छ भने ६६९ मेगावाट क्षमताको तल्लो अरुणको पीडिए गर्ने र फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति भएको छ ।

तल्लो अरुणबाट नेपालले १४०.४९ बिजुली पाउने गरी सम्झौता भएको हो । भारतीय कम्पनी सतलज जलविद्युत् निगम(एसजेभीएन)ले २१ प्रतिशत बिजुली पाउने गरी सम्झौता भएको छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्स्टिच्युटबीच सहकार्य गर्ने र डिजिटल पेमेन्ट गर्ने सम्झौता पनि भएको छ ।

Logo