प्रधानमन्त्री प्रचण्ड भारतको नयाँ नक्सा हेर्न मात्रै दिल्ली गएका हुन्ः वरिष्ठ अधिवक्ता भट्टराई

प्रधानमन्त्री प्रचण्ड भारतको नयाँ नक्सा हेर्न मात्रै दिल्ली गएका हुन्ः वरिष्ठ अधिवक्ता भट्टराई


वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले नेपालको लुम्बिनी र कपिलवस्तुलाई अखण्ड भारतभित्र राखेको त्यो तस्विर हेर्न प्रधानमन्त्री भारत गएको टिप्पणी गरेका छन् ।

बिहीबार संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ अधिवक्ता भट्टराईले भारतले नेपालको भूमि आफ्नो नक्सामा राख्दा पनि केही गर्न नसकेको भन्दै त्यो अखण्ड भारतको तस्विर हेर्न प्रधानमन्त्री भारत गएको जिकिर गरे । 

उनले विमानस्थलमा भारत सरकारका परराष्ट्रमन्त्रीका स्तरसम्म पनि विमानस्थलमा स्वागतको लागि नआएको भन्दै यसबाट नेपालको स्वाभिमानको प्रश्न उठेको पनि बताए । 

वरिष्ठ अधिवक्ता भट्टराईले भने, भर्खरै नेपालका प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा हुनुहुन्छ, प्रधानमन्त्रीको स्तरमा नभएपनि कमसेकम परराष्ट्रमन्त्री स्तरसम्म पनि विमानस्थलमा उहाँलाई स्वागत गर्नको लागि भारत सरकारले चाहेन त्यो नेपालको स्वाभिमानको प्रश्न उठेको छ । नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगरलाई अखण्ड भारतभित्र राखेको त्यो तस्विर हेर्नको लागि नेपालको प्रधानमन्त्री भारत जानु भएको होकि भन्ने अवस्था छ ।’ 

उनले नयाँ संसद भवन निमार्ण हुदाँ त्यो देशको प्रतिपक्ष दलका नेताहरु पनि सामेल नभएको अवस्थामा नेपालको प्रधानमन्त्री भएपछि किन पहिलो भ्रमण भारत नै जानुपर्ने भन्दै प्रश्न गरेका छन् । उनले नेपालको हवाई उडान भारतको कारण बिभिन्न समस्या आएको उल्लेख गर्दै हाम्रो लुम्बिनीलाई अखण्ड भारतमा राखेको विषयमा प्रधानमन्त्रीले के गर्ने हो हेर्न बाँकी रहेको बताए । 

उनले भने, गौतम वुद्ध विमानस्थल लुम्बिनीमा भारतले ३० हजार मिटरमा जहाज उडाउन नदिएको कारणले अन्तर्राष्ट्रिय हवाई उडान हुदैँन । हाम्रो लुम्बिनी चाँही उहाँले अखण्ड भारतमा राख्नु भएको छ, अब प्रधानमन्त्रीले के भन्नु हुन्छ । हेरौं ला’  

वरिष्ठ अधिवक्ता भट्टराईले सन् १९५० को सन्धिको विरुद्धमा नेपालमा कम्युनिष्टहरु पैदा भएको चर्चा गर्दै अहिलेका कम्युनिष्टहरु कम्युनिष्ट हुन् कि कमाउनिष्ट हुन त्यो सबैले हिसाब गर्न आवश्यक भएको बताए । 

उनले भने ‘राजा महेन्द्रले २०२० सालमा नेपाल नागरिकता ऐन ल्याएर, नेपाल भारत सन्धि तलमाथि गर्ने कुरा भएन तर नेपालका नागरिकहरुले मात्रै नेपालमा स्थायी बसोबास गर्न पाउछ भनेर त्यो ऐन नल्याएको भए, आज १ अर्ब ४० करोड जनसंख्या रहेका भारतीयहरुले नेपालका सबै जमिन किन्ने थिए भने हामी नेपालीहरु उनीहरुका हली हुन्थ्यौ, त्यही नागरिकता विधेयक संसदको स्वीकृति, जानकारी विना मृत भईसकेको विधेयकलाई विनयमोहन क्वात्राको उम्मेदवार भएको रामचन्द्र पौडेलबाट प्रमाणित गराएर दाहाल दिल्ली गएका हुन् ।’  

Logo