संसस विकास कोष खारेज गर्न स्वतन्त्र विद्यार्थी युनियनको माग

संसस विकास कोष खारेज गर्न स्वतन्त्र विद्यार्थी युनियनको माग


नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले, संसद बिकास कोष खारेज गर्न माग गर्दै सभामुखलाई ज्ञापन पत्र बुझाएको छ । 

बिहीवार सिंहदरवारस्थित, सभामुखको कार्यकक्षमै पुगेर अनेरास्ववियुले  भ्रष्टाचारको अखडा बनेको संसद विकास कोष व्युँताएको भन्दै त्यसलाई तत्काल बन्द गर्न माग गरे । 

ज्ञापन पत्र बुझ्दै सभामुख देवराज घिमिरेले यो विषयमा आफ्नो तर्फबाट सक्दो भूमिका निर्वाह गर्ने आश्वासन दिए । 

उनले भने ‘यो षियप्रति मेरो ध्यान आकर्षण भएको छ । यसमा मैले खेल्नुपर्ने भुमिका म निर्वाह गर्दछु । यो सबै विषयको निर्णय आर्थिक ऐनले लिन्छ । संसदलाई छलेर विद्येक आयो भन्ने कुरामा हामीले कयौं कुराहरु प्रयोग पनि गरिरहका छौं । आम माफिका विषय र अब यसको प्रतिकृया के कस्तो आउँछ भन्ने कुरा छ । यस्ता विषयमा संसदमा छलफल हुने र निष्कर्शमा पुग्ने छ।’

देशको अर्थतन्त्र साधारण खर्च समेत धान्न नसक्ने गरी शिथिल भएका बेला सांसदहरुलाई पैसा बाड्ने निर्णय राष्ट्रहित विरुद्ध रहेको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको छ । अनेरास्ववियुले कर्मचारीको तलब वितरण गर्न नसकिएको, निर्माण व्यवासायीहरुलाई भुक्तानी गर्न नसकिएको, व्यापार घाटा निरन्तर बढिरहेको किसानका लागि अनुदानहरू कटौती गरिएको, ठूला पूर्वाधारका आयोजनाहरु तथा सम्पुर्ण क्षेत्रमा बजेट कटौती गरिएको वर्तमात बजेटमा संसदहरुका लागि पुनः ससद विकास कोष स्थापना गरी ५/५ करोड रुपैया वितरण गरिनु आपत्तिजनक भएको विज्ञप्तिमा उल्लेख गरेको छ । 

Logo