‘वैकल्पिक राजनीतिको बारेमा जनतालाई झकझक्याउन आवश्यक’ -अध्यक्ष बास्कोटा

‘वैकल्पिक राजनीतिको बारेमा जनतालाई झकझक्याउन आवश्यक’ -अध्यक्ष बास्कोटा


विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले नेपाली जनतालाई वैकल्पिक राजनीतिको बारेमा झक्झक्याउन आवश्यक भएको बताएकी छन् । 

बिहीबार काठमाडौंमा आयोजित वैकल्पिक राजनीतिका प्रणेता स्व. उज्वल थापाको दोश्रो स्मृति सभा कार्यक्रममा उनले ठूल्ठूला गफ भन्दा पनि काम गरेर देखाउने खालको राजनीति गर्नुपर्ने बताएकी हुन् । 

अध्यक्ष बास्कोटाले भनिन् ‘नेपालको राजनीतिलाई उज्वल थापा जस्तो मान्छे चाहिएको छ । मेरो पछाडि कति जना छ र मैले के गर्न सक्छु भन्ने हैन् कि म धेरै सम्भावनाको ढोकोहरु खोल्न सक्छु भन्ने हिसावले काम गर्नुपर्छ । नेपाली जनतालाई वैकल्पिक राजनीति र हामीले गर्न खोजेको राजनीतिको विषयमा झक्झक्याउन आवश्यक छ ।’ 

कार्यक्रममा विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शनाले उज्वल थापाले नेपालको वैकल्पिक राजनीतिको बेस बनाउने काम गरेको बताएकी छन् । ‘नेपालको राजनीतिमा वैकल्पिक राजनीतिको बेस बनाउन उज्वल थापाको नेतृत्वले काम ग-यो । सायद उहाँ नभएको भए विवेकशील  साझा पार्टी हुँदैन् थियो ।’ उनले भनिन् । 

Logo