कृषि विकास बैंकले माग्यो अधिकृतसहित १७९ कर्मचारी

कृषि विकास बैंकले माग्यो अधिकृतसहित १७९ कर्मचारी


कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि कर्मचारी माग गरेको छ ।

वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ ईञ्जिनियरलगायत पदमा अधिकृत र विभिन्न पदमा सहायक माग गर्दै बैंकले दरखास्त आह्वान गरेको छ।

बैंकले विभिन्न पदका लागि कूल १७९ जना कर्मचारी मागेको हो। आज (शुक्रबार)गोरखापत्रमा सूचना निकालेर बैंकले स्थायी दरबन्दीका लागि जागिर खुला गरेको हो।  बैंकले प्रशासनतर्फ लेखापाल सहायक ७२ जना, प्रशासनतर्फ व्यवसाय सहायक ३६ जना र प्राविधिकतर्फ ऋण सहायक ६ जना माग गरेको छ । 

यस्तै कर्जा अधिर्कत ९, आइटी इन्जिनियर १, कानूनी अधिकृत २, व्यवस्थापन सूचना प्रणाली अधिकृत ३, व्यवसाय अधिकृत ३८ र आईटीतर्फ वरिष्ठ इन्जिनियर १ जना माग गरेको छ। यस्तै वरिष्ठ लेखा अधिकृत (सीए) ६, शाखा अधिकृत ४ र वरिष्ठ शाखा प्रमुख एक जना माग गरेको छ।

इच्छुकले अनलाइनबाट फाराम भर्न सक्ने बैंकले जनाएको छ। दरखास्त दिन यही जेठ १९ गतेदेखि असार ७ गतेसम्मको २१ दिनको म्याद दिइएको छ।

 

Logo