गंगालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्यमन्त्रीकाे छड्के

गंगालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्यमन्त्रीकाे छड्के


स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रकाे छड्केका लागि बाँसबारी पुगेका छन् ।

निजि तथा सार्वजनिक अस्पतालमा आम नागरिकले मापद्दण्ड अनुसार स्वास्थ्य सेवा नपाएको तथा अस्पतालबाट हुने लापर्वाही भइरहेको जनगुनासो आएपछि आफैं अनुगमनमा खटिएका मन्त्री बस्नेत केहीबेर अघि बाँसबारी पुगेका हुन् । 

उनले अस्पतालको अवस्थाबारे अस्पताल जानकारी लिनुका साथै विरामीसंग समेत कुराकानी गरेका छन् । प्रभावकारी सेवा प्रवाहका लागि प्रशासनलाई उनले निर्देशनसमेत दिएका छन् । 

Logo