६३६ रुपैयाँमै टेलिकमले ल्यायाे एक महिनाभर अनलिमिटेड भ्वाइस र डेटा प्याकेज

६३६ रुपैयाँमै टेलिकमले ल्यायाे एक महिनाभर अनलिमिटेड भ्वाइस र डेटा प्याकेज


नेपाल टेलिकमले ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डेटा पोस्टपेड–६३६’ प्याकेजलाई परिमार्जन गरेको छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताका यो अफर उपलब्ध गराइएको हो । यस अन्तर्गत रु. ६३६ मा ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने छ । यो डेटा सकिएमा ग्राहकले सुलभ दरको एड अन प्याक खरिद गर्न सक्नेछन् । सजिलो अनलिमिटेड भ्वाइस एन्ड डेटा पोस्टपेड–६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*2*2#  डायल गर्नुपर्ने छ ।

यस अफरमा अन नेट १५० ओटा एसएमएस पठाउन सकिने सुविधासमेत उपलब्ध छ ।त्यसैगरी पहिले प्रत्येक दिन ३०० एमबी डेटा प्रयोग गर्न सकिने व्यवस्था भएकोमा अब एकमुष्ट ९ जीबी डेटा उपलब्ध हुनेछ ।

पहिले सो ३०० एमबी डेटा सकिएमा दैनिक ६४ केबीपीएसको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध भएकोमा अब आवश्यकता बमोजिम ९ जीबी डेटा जतिबेला पनि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

Logo