पक्राउ परेका १८ अभियुक्तको बयान सकियो, आइतबारबाट थुनछेक बहस सुरु हुने

पक्राउ परेका १८ अभियुक्तको बयान सकियो, आइतबारबाट थुनछेक बहस सुरु हुने


नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजान रचिएको अपराधसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले आरोपित १८ जनासँग बयान लिएको छ । 

जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएकामध्ये हाल थुनामा रहेकासँग अदालतले थुनछेक बहस अघिको बयान लिएको हो । यही जेठ १२ गतेदेखि सुरु गरिएको बयान आज सकिएकाे हाे । शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल तथा हरिभक्त महर्जनको बयान लिइएकाे थियाे । 

उक्त प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष शमशेर मियाँको बिहीबार बयान सकिएको थियाे । 

अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आरोपितविरुद्धको बयान शुक्रबार सकिएसँगै आइतबारबाट थुनछेक बहस सुरु हुने छ । थुनछेक बहस न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको बताइएको छ । यस प्रकरणका आरोपितमध्ये १८ जना पक्राउ परेका छन् भने १२ जना अझै फरार रहेका छन् । 

Logo