रोयल इन्फिल्डका दुई मोटरसाइकल नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

रोयल इन्फिल्डका दुई मोटरसाइकल नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?


नेपाली बजारमा रोयल इन्फिल्डका २ वटा मोटरसाइकल  क्लासिक ३५० बीएस ६ र स्क्राम ४११ सार्वजनिक भएका छन् ।  शुक्रबार एक कार्यक्रमका बीच नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले मोटरसाइकल क्लासिक ३५० बीएस ६ र स्क्राम ४११ सार्वजनिक गरेको हो । 

रोयल इन्फिल्ड क्लासिक ३५० नेपाली बजारमा पहिले देखि नै उपलब्ध थियो । यद्यपि यो अब बीएस६ भर्सनमा उपलब्ध भएको छ । यसको मूल्य ४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । पहिले नेपाली बजारमा उपलब्ध क्लासिक ३५० को मूल्य ६ लाख ५० हजार रुपैयाँ रहेको थियो ।

क्लासिक ३५० बीएस६ मा ३४९ सीसी क्षमताको एफआई इन्जिन रहेको छ, जसले २० पीएस पावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ ।

त्यसैगरी स्क्राम ४११ को मूल्य ६ लाख ६० हजार रुपैयाँ तोकिएको छ । रोयल एनफिल्ड स्क्राम ४११ मा पावरको लागि हिमालयन जस्तै ४११ सीसी सिंगल सिलिन्डर इन्जिन दिइएको छ, जसले २४ दशमलव ३ बीएचपी पावर र ३२ एनएमको टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ ।

रोयल इन्फिल्डको नयाँ आधिकारिक वितरक नियुक्त भए पश्चात अल्फा अटोमोटिभले नयाँ मोडल नेपाली बजारमा उपलब्ध गराएको हो ।

Logo