तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!


आज २०८० जेठ २० गते शनिबार। ०३ जुन २०२३।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज धर्म कर्ममा रुचि बढ्ने छ । प्रिय व्यक्तिसँग भेटघाट हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । स्वइच्छा भोजन पनि मिल्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा )
आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज समयको महत्व नबुझ्नाले अनावश्यक दुख पाइनेछ । तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा समस्या आउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउला । शैक्षिक क्षेत्रमा सफलता मिल्ने र घरमा अतिथिको आगमन हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। सवारी साधनको खरिद बिक्री हुने योग छ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। शुभकार्यको चर्चा चल्नेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ। परिवारमा सुख सन्तोष छाउनेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज अरूलाई प्रभावित पारेर काम बन्नेछ। चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ। आयआर्जनका क्षेत्रमा पनि सुधार आउनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज मनमा दुबिधा उत्पन्न हुनेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटघाटको योग बनेको छ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज सेवा गर्ने अवसर मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। प्रेममा सफलता मिल्ला। कुनै कुराले मनमा प्रसन्नता र शान्ति छाउनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला। आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभ कार्यमा सरिक भइनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । वैदेशिक क्षेत्र कमजोर रहला। सौन्दर्यतामा धन खर्च हुनेछ। पैतृक सम्पत्तिमा विवाद बढ्ला ।

Logo