बझाङबाट पहिलोपटक सगरमाथा आरोहण गर्ने संगीता रोकाया सम्मानित

बझाङबाट पहिलोपटक सगरमाथा आरोहण गर्ने संगीता रोकाया सम्मानित


बझाङबाट पहिलोपटक सगरमाथा आरोहण गर्न सफल संगीता रोकायालाई बझाङ्गी समाजले सम्मान गरेको छ । काठमाडौंमा बिशेष कार्यक्रम गरी उनलाई सम्मान गरिएको हो । 

कार्यक्रममा रोकायाले आरोहण सुरु गर्दा सहयोग गर्ने सिमित भएपनि आरोहण पश्चात भने उत्साहजनक ढंगले बढेको बताइन् । सगरमाथा आरोहण सुरु गर्दा हौसलाभन्दा पनि नकरात्मक टिप्पणी गर्दै धेरै भएको बताउँदै उनले हिम्मत नहारी अघि बढेका कारण सफलता हात परेको बताइन् । 

उनले भनिन्,‘हिमाल आरोहण गर्छु भन्दा कसैले सहयोग गरेनन् । सक्दैन भनेर हतोत्साहित पारे । तर, मैले कसैको कुरा सुनिनँ । कठिन संघर्षपछि आखिरमा सफलता हात प-यो । अहिले भने बधाई र शुभकामना दिनेहरु बढेका छन् ।’ 

कार्यक्रममा बझाङ क्षेत्र नम्‍बर १ का सांसद भानुभक्त जोशीले रोकायाले गरेको कामको प्रशंसा गर्दै आवश्यक आर्थिक सहयोग गर्न तयार भएको बताए ।

Logo