भारतसंगको सिमा समस्या समाधानका लागि गम्भिर कुराकानी भएको छः प्रधानमन्त्री दाहाल

भारतसंगको सिमा समस्या समाधानका लागि गम्भिर कुराकानी भएको छः प्रधानमन्त्री दाहाल


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा सिमा समस्या समाधानका लागि गम्भिर कुराकानी भएको बताएका छन् । 

चारदिने भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसंग सिमा समस्या समाधानका लागि भारत सरकार समेत गम्भिर भएको दाबी गरेका हुन् । 

भारतिय प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमै सिमा लगायतका थाति रहेका सबै समस्या समाधान गरिनेछ भनेर प्रष्ट पारेको भन्दै उनले भने, ‘भारतिय प्रधानमन्त्रीले लगायतका थाति रहेका सबै समस्या समाधान गरिनेछ भन्ने भावना स्पष्ट ढंगले व्यक्त गर्नु भएको छ । धेरै समयपछि भारतिय प्रधानमन्त्रीबाट सिमा सम्बन्धमा आएको यो सकरात्मक अभिव्यक्तीबाट हामी उत्साहित भएका छौं । ’ 

पत्रकार सम्मेलनमा उनले नेपाल भारत पारवहनसन्धि, पेट्रोलियम पूर्वाधार निर्माण सम्बन्धि समझदारी, दोधारा चाँदनीमा एकीकृत जाँच चौकी तथा सुक्खा बन्दरगाहको निर्माण सम्बन्धि समझदारी पत्र, ८ सय ८० मेगावाट जलविद्युत परियोजना निर्माण सम्बन्धि समझदारी लगायत सातवटा समझदारी पत्रमा हस्ताक्षर भएको पनि जानकारी दिए ।

गत बुधबार भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा ऊर्जा ब्यापार सम्झौतालगायत विभिन्न सम्झौता तथा समझदारी भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनले प्रतिनिधिमण्डलस्तर र वान अन वान पनि भेटवार्ता गरेका थिए । त्यस्तै, उनले भारतको इन्दोरमा फोहोर व्यवस्थापन प्रणालीको पनि अवलोकन गरेका थिए ।

Logo