८९४ जना पक्राउ परेका मध्ये ९५ जनप्रतिनिधी

काठमाडौ‌ं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगको उनन्तीसौं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७५/७६) राष्ट्रपति समक्ष आज पेश गरेकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपतिसमक्ष पेश गरेकाे आर्थिक वर्ष २०७५/०७६ काे प्रतिवेदनानुसार विशेष अदालतमा दर्ता गरेका ३ सय ५१ मुद्दामा ४ अर्व विगो मागदाबी गरेको छ ।  यस्तै आयोगले भ्रष्टाचार तथा अनियमिततामा संलग्न ८ सय ९४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

आयोगका अनुसार भ्रष्टाचार मुद्दामा २ सय ५६ जना अधिकृत तहका कर्मचारी, सहायक र सहयोगी ३ सय ८४ र जनप्रतिनिधी ९५ जना भ्रष्टाचार र अनियमितताको आरोपमा मुछिएका छन्। आयोगले यी घटनामा मतियार र बिचौलियाको भुमिकामा रहेका १ सय ५९ जना समेत पक्राउ परेका छन्।

आयोगले यस आर्थिक वर्षमा १ सय ४७ वटा स्टिङ अप्रेशन गरेको छ। जसमा विशिष्ट श्रेणीका देखि सहायकस्तरसम्मका १ सय ७४ जना राष्ट्रसेवक कर्मचारी, ७ जना निर्वाचित एवं मनोनित पदाधिकारी तथा २९ जना बिचौलिया तथा मतियार गरी जम्मा २१० व्यक्तिहरूलाई नियन्त्रणमा लिई अनुसन्धान तथा अभियोजन गरेको छ।

 

सम्बन्धित समाचारहरु