मलेसियालाई हराउँदै नेपालले जित्यो सिरिजको उपाधि

मलेसियालाई हराउँदै नेपालले जित्यो सिरिजको उपाधि


नेपालले घरेलु टोली मलेसियाविरुद्धको महिला टि२० आई सिरिजको उपाधि जितेको छ । आइतबार भएको पाँचौं तथा अन्तिम निर्णायक खेलमा मलेसियालाई ३ विकेटले हराउँदै नेपालले सिरिज उपाधि समग्रमा ३-२ ले जितेको हो । 

मलेसियाले जितका लागि दिएको ११० रनको लक्ष्य नेपालले १९.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालको जितमा सिता रानामगरले सर्वाधिक ३४ रन बनाइन् भने कप्तान रुविना क्षेत्रीले २३ रन जोडिन् । अप्सरी वेगम १५ रन तथा ज्योती पाण्डे ११ रनमा अविजित रहँदा अन्य खेलाडीको राम्रो प्रदर्शन रहेन । 

बलिङमा मलेसियाका ऐन्ना हमिजाह हशिमले २ विकेट तथा महिराह इजाती इस्माली, नुर डानिया  र इलिशाले समान एकएक विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो । मलेसियाकी वान जुलिया मोहम्मद रोस्दीले सर्वाधिक ४७ रनको योगदान दिइन् । साथै ओपनर विनीफ्रेड आनी दुराईसिंघमले २४ रन तथा इजाती इस्मालीले २० रन जोडिन् । 

बलिङमा नेपालकी कविता कुँवरले २ विकेट लिइन् भने ईश्वरी विष्टले १ विकेट लिइन् ।

यसअघि  नेपालले दुई खेलमा जीत तथा दुई खेलमा पराजय भोग्नु परेको थियो। पहिलो ५ विकेट र चौथो खेलमा ४ विकेटले पराजय भोगेको नेपालले दोस्रो ७ विकेट र तेस्रो श्रृङ्खलामा २७ रनले विजय हासिल गरेको थियो ।

Skip This
Logo