#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व590967736210229645712583004
नेपाल10425850187

बैंकमा सर्वसाधारणका पौने चार लाख खाता निष्क्रिय

काठमाडौं ।

बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणले राखेको २ अर्ब ५० करोड रुपैयाँ बेवारिसे अवस्थामा छ । राष्ट्र बैंकका अनुसार १० वर्षदेखि कारोबार नभएको निक्षेप खाताको संख्या ३ लाख ७४ हजार १५ छ । ती खातामा करिब २ अर्ब ५० करोड रुपैयाँ बेवारिसे अवस्थामा छ । खाताका निक्षेपकर्ताले कारोबार नगरेको मात्र होइन, लामो समयदेखि खातामा रहेको रकमबारे सोधखोजसमेत गर्न आएका छैनन् ।

लामो समयसम्म खाता निष्क्रिय रहे राष्ट्र बैंकले उक्त खाताको रकम खिचेर प्रयोग गर्नेसमेत ऐनमा व्यवस्था छ । २० वर्षदेखि निष्क्रिय रहेका खाताको रकम खिचेर बैंकिङ विकासमा खर्च गरिने सोचसमेत राष्ट्र बैंकले बनाएको छ ।

कस्तो खाता निष्क्रिय ?

सामान्यतया चल्ती र कल निक्षेप खातामा ६ महिनासम्म कारोबार नभए खाता निष्क्रिय भएको मानिन्छ । त्यस्तै, बचत खातामा ३ वर्षसम्म कुनै कारोबार नभएमा पनि निष्क्रिय मानिन्छ । खातामा नगन्य रुपैयाँ हुँदा, निक्षेपकर्ता बिदेसिँदा पनि निष्क्रिय हुन्छ । अझ पछिल्लो समय बैंकहरूले ‘सबैको बैंक खाता’ अभियान अन्तर्गत एक सय रुपैयाँमै पनि खाता खोलिदिने गरेका छन् । दुई वा दुईभन्दा बढी खाता रहेकाको पनि खाता निष्क्रिय हुन्छ ।

‘अहिले बैंकबीच तीव्र प्रतिस्पर्धा छ, त्यसैले एक व्यक्तिको एकभन्दा बढी खाता खोलिएका छन्,’ नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘एकै व्यक्तिले ती सबै खाता सक्रिय गर्न सक्ने कुरा पनि भएन ।’

के हुन्छ खाताको रकम ?

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा खाता निष्क्रिय भएको ५ वर्ष नाघे यस्ता खाताबारे एकपटक राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ । बैंकहरूले पनि हरेक आर्थिक वर्षमा १० वर्षदेखि निष्क्रिय खाताको विवरण राष्ट्र बैंकलाई गराउनु पर्ने हुन्छ ।

बैंकहरूले सार्वजनिक रूपमा जानकारी गराउँदासमेत निक्षेपकर्ता वा उसका आफन्तले रकम नलगेमा २० वर्षपछि ‘बैंकिङ विकास कोष’मा जाने व्यवस्था छ ।
नयाँ पत्रिकाबाट

सम्बन्धित समाचारहरु