आगामी चुनावमा १०० सिट जित्ने रेशम चौधरीको सपना

आगामी चुनावमा १०० सिट जित्ने रेशम चौधरीको सपना


नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफू जेलबाट छुटिसकेको हुँदा पार्टीले अर्को निर्वाचनमा धेरै सिट जित्ने दाबी गरेका छन्। 

आइतबार दाङको तुलसीपुरस्‍थित विष्णु चलचित्र मन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रममा बोल्दै चौधरीले २०८४ सालमा हुने निर्वाचनमा थप सिट जित्ने दाबी गरेका हुन्। उनले आगामी निर्वाचनमा एक सय सिट जित्ने सपना रहेको पनि उनले उल्लेख गरे। 

त्यस्तै, संरक्षक चौधरीले कैलालीमा २०७२ सालमा एक नाबालकसहित आठ सुरक्षाकर्मीको हत्याको घटनामा आफूहरूको संलग्नता नरहेको जिकिर गरे। हत्या गर्ने व्यक्तिहरूको पहिचान गरी जेलमा हाल्नुपर्ने पनि उनले माग गरेका थिए। त्यस घटनामा आफूलाई मुछेर अन्याय भएको पनि उनले बताएका छन् ।

Logo