संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै [सम्भावित कार्यसूचीसहित]

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै [सम्भावित कार्यसूचीसहित]


संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद् भनव नयाँ बानेश्वरमा बस्नेछ । 

आइतबारको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरू एमाले, रास्वपा र राप्रपाका सांसदहरूले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम गरेको, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको र अदालतको फैसलाको पूर्ण पाठ नआउँदै कैदीलाई आममाफी दिएको विषयमा विरोध जनाउँदै बैठक आजका लागि सारिएकाे हाे । 

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएको पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । 

राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलका लागि अथमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्ने, उक्त प्रस्तावमाछि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।बैठकमा सभामुखले दुईवटा शोक प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ। 

उता नियमित कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक पनि आइतबार स्थगित भएको थियो । आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम भएको र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको भन्दै बैठक अवरुद्ध गरेको हो । बैठक आज दिउँसो १ बजेर १ मिनेटमा बाेलाइएकाे छ  ।

 

Skip This
Logo