#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं । गत शनिबार लेखक तथा पूर्व सांसद चन्द्रप्रकाश बानियाँद्वारा ऐतिहासिक विषयमा लेखिएको उपन्यास 'महारानी' एक कार्यक्रमबीच लोकार्पण गरियो ।धौलाश्री बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालयमा बेनी समाजद्वारा आयोजित लोकार्पण कार्यक्रम निकै भव्य रूपले सम्पन्न भएको थियो । राष्ट्रियसभामा नेकपाका संसदीय दलको प्रमुख तथा साहित्यकार पूर्व मन्त्री दिनानाथ शर्मा, समालोचक राम लोहनी, समालोचक तथा पत्रकार संगीत श्रोता, लेखक बानियाँ लगायतले पुस्तक लोकार्पण गरेका थिए ।पुस्तकमाथि बोल्दै प्रमुख अतिथि शर्माले आफू उपन्यासबाट सारै प्रभावित भएको र पर्वत राज्यको विषयमा लेखिएको भएर पनि यसको प्रभाव बढी रहेको बताए । समीक्षक लोहनीले उपन्यासबाट इतिहासको धेरै कुरा खोजिएको र उपन्यासले कुन राजकुमार राजा हुने हो भन्ने विषयले आफूलाई खुल्दुली लागेको बताए । समीक्षक संगीतले आफू जन्मिएको क्षेत्रको इतिहास बारे लेखिएको उपन्यासबाट सन्तुष्टि मिलेको र उपन्यास पढ्ने र इतिहास बुझ्नेको लागि पनि उपन्यास पढ्न सिफारिस गर्दछु भने ।उपन्यास ३ सय ६८ पेज छ । मूल्य ४ सय ५० रूपैयाँ रहेकाे उपन्यास शिखा बुक्सले बजारमा ल्याएको हाे ।

चन्द्रप्रकाश बानियाँको ‘महारानी’ सार्वजनिक

काठमाडौं । गत शनिबार लेखक तथा पूर्व सांसद चन्द्रप्रकाश बानियाँद्वारा ऐतिहासिक विषयमा लेखिएको उपन्यास ‘महारानी’ एक कार्यक्रमबीच लोकार्पण गरियो ।

धौलाश्री बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालयमा बेनी समाजद्वारा आयोजित लोकार्पण कार्यक्रम निकै भव्य रूपले सम्पन्न भएको थियो । राष्ट्रियसभामा नेकपाका संसदीय दलको प्रमुख तथा साहित्यकार पूर्व मन्त्री दिनानाथ शर्मा, समालोचक राम लोहनी, समालोचक तथा पत्रकार संगीत श्रोता, लेखक बानियाँ लगायतले पुस्तक लोकार्पण गरेका थिए ।

पुस्तकमाथि बोल्दै प्रमुख अतिथि शर्माले आफू उपन्यासबाट सारै प्रभावित भएको र पर्वत राज्यको विषयमा लेखिएको भएर पनि यसको प्रभाव बढी रहेको बताए । समीक्षक लोहनीले उपन्यासबाट इतिहासको धेरै कुरा खोजिएको र उपन्यासले कुन राजकुमार राजा हुने हो भन्ने विषयले आफूलाई खुल्दुली लागेको बताए । समीक्षक संगीतले आफू जन्मिएको क्षेत्रको इतिहास बारे लेखिएको उपन्यासबाट सन्तुष्टि मिलेको र उपन्यास पढ्ने र इतिहास बुझ्नेको लागि पनि उपन्यास पढ्न सिफारिस गर्दछु भने ।

उपन्यास ३ सय ६८ पेज छ । मूल्य ४ सय ५० रूपैयाँ रहेकाे उपन्यास शिखा बुक्सले बजारमा ल्याएको हाे ।

सम्बन्धित समाचारहरु

ताजा समाचार