#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19811747729661635593812726148
नेपाल2259273620616313

विश्व वरीयतामा प्रिन्स दाहाल ११ औँ स्थानमा

काठमाडौं-  नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहालको विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा सुधार भएको छ । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले मंगलबार जारी गरेको वरीयतामा प्रिन्स ११ औं स्थानमा उक्लिएका छन् । दुइ हप्ताअघि स्थानमा रहेका दाहालले सुधार गरेका हुन् ।

एकसाता अघि प्रिन्स विश्व वरीयताकाे १४ औँ स्थानमा रहेका प्रिन्सकाे वरीयता हालसम्म ब्याडमिन्टनमा नेपाली खेलाडीले हासिल गरेको उत्कृष्ट नतिजा हो ।

हालै सम्पन्न प्रेसिडेण्ट कप इन्टरनेशनल प्रतियोगितामा प्रिन्स यु–१९ को फाइनलमा भारतीय खेलाडी मिराव लुवाङसँग १६–२१, २३–२१ र १५–२१ अङ्कले पराजित भएका थिए।

गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्समा सम्पन्न दुबई इन्टरनेशनल सिरिजको उपाधि जितेपछि उनकाे वरीयतामा उल्लेख्य सुधार भएको हो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार