सुनकोशीमा बेपत्ता भएका कर्मचारी अझै फेला परेनन्

सुनकोशीमा बेपत्ता भएका कर्मचारी अझै फेला परेनन्


सुनकोशी नदीमा बेपत्ता भएका सीटीईभीटीका तीन जना कर्मचारीहरू अझै फेला परेका छैनन् ।बहावलाई आधा फर्काएर खोजी कार्य गर्दा समेत जिप सहित बेपत्ता भएका तिन जना कर्मचारी फेला नपरेका हुन्।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बा १ झ ७४६७ नम्बरको स्कार्पियो शुक्रबार मध्याह्न मध्य पहाडी लोक मार्गको खुर्कोट–घुर्मी खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिकाको लौकुनमा दुर्घटना भई सुनकोसी नदीमा खसेको थियो ।

उक्त स्कार्पियोमा प्रशासन शाखाका निर्देशक तनहुँ भानु नगरपालिकाका कृष्ण केसी, पूर्वी नवलपरासी प्रगति नगरपालिकाका योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेल र इलामका विद्युत् प्राविधिक अधिकृत भानु पौडेल बेपत्ता भएका छन् ।

दाङ घर भएका चालक कृष्ण चौधरी भने पौडिएर बाँच्न सफल भएका छन । सशस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थापन चार वटा टोलीले उनीहरूको खोजी गर्दा समेत फेला पार्न सकेका छैन ।

Logo