प्रभु बैंकले विद्युतीय सवारीसाधनमा कर्जा दिन पायो ५० लाख अमेरिकी डलर

प्रभु बैंकले विद्युतीय सवारीसाधनमा कर्जा दिन पायो ५० लाख अमेरिकी डलर


प्रभु बैंकले लक्जेम्बर्गको एमएसएमई इन्टरप्राईजेज बन्ड एसएबाट ५० लाख अमेरिकी डलरबराबरको ऋण सुविधा प्राप्त गरेको छ । विश्व वातावरण दिवसका दिन हरित लगानीअन्तर्गत विद्युतीय सवारीसाधनहरूमा लगानी गर्न बैंकले चार वर्ष अवधिका लागि उक्त रकम प्राप्त गरेको हो ।

जलवायु परिवर्तनले आक्रन्त विश्व, यसको प्रभाबबाट मुक्ति पाउन प्रयासरत छ । बैंकलाई प्राप्त उक्त रकम सार्वजनिक यातायात र व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने विद्युतीय सवारीसाधनहरू खरिद तथा आयातका लागि सहज रूपमा उपलब्ध गराइनेछ ।

बिशेषगरि बैंकले हरित क्षेत्रमा लगानी गर्ने गरि यो ऋण ल्याएको हो । विश्व बाताबरण दिबसका दिन हरित लगानी अन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न यो ऋण ल्याइएको बैंकको भनाइ छ ।

यस्तै, बैंकले वैकल्पिक ऊर्जा तथा एमएसएमई व्यवसाय  प्रवर्द्धनका  लागि अरू अन्तर्राष्ट्रिय संस्थाहरूसँग पनि सहकार्यका लागि पहल गरिरहेको र निकट भविष्यमै उक्त पहलले सार्थकता पाउने पनि विश्वास लिएको छ ।

Logo