प्रतिपक्ष दलका नेता अनुपस्थित भएकोप्रति प्रधानमन्त्रीको चित्त दुखाईः केही मिनेटमै पुगे ओली

प्रतिपक्ष दलका नेता अनुपस्थित भएकोप्रति प्रधानमन्त्रीको चित्त दुखाईः केही मिनेटमै पुगे ओली


सदनमा आफ्नो सम्बोधनका क्रममा प्रमुख प्रतिपक्ष दलका नेता अनुपस्थित भएकोप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चित्त दुखाएका छन् । 

भारत भ्रमण र नागरिकता विधेयकको विषयमा सदनलाई जवाफ दिने क्रममा प्रधानमन्त्रीले सुरुमै संसदीय परम्परा मिचिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । 
 
सम्बोधनको सुरुमै प्रधामन्त्रीले भने ‘सामान्यतया हाम्रो परम्परा सदनमा प्रधानमन्त्रीले बोल्ने भनेपछि सदनमा प्रतिपक्ष दलका नेता तथा सत्ता गठबन्धनका पनि सबै नेताहरु पनि उपस्थित हुने प्रचलन थियो। तर आज यहाँ सत्ता पक्षका नेताहरु पनि हुनुहुन्न प्रतिपक्षी दलका नेतापनि हुनुहुन्न । अलि नमिठो महसुस भएको छ ।’

प्रधानमन्त्रीले बोल्न थालेको केही मिनेटमै प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली पुगेपछि उनले खुसी व्यक्त गरे र धन्यवाद दिए। उनले भने ‘केपी ओली विचैमा पुगेपछि उनले भने मैले प्रतिपक्षी दलका नेता आइपुग्नु भएको छ। मलाई खुसी लागेको छ। त्यसका लागि म धन्यवाद दिन चाहान्छु।’
प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा भएका सहमति र उठेका विवादबारे अहिले संसदमा प्रष्टिकरण दिइरहेका छन्। 

Logo