#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20671920749013635740513565502
नेपाल2443291761316728

 ‌ओस्कार नोमिनेसन सार्वजनिक, जोकरकाे वर्चस्व

काठमाडौं । ९२ औं एकेडेमी अवार्ड ( ‌ओस्कार) को लागि मनोनयन सार्वजनिक गरिएको छ । सन् २०२० को  ‌ओस्कारको लागि मनोनयनमा परेका फिल्म र कलाकारको नाम सार्वजनिक गरिएको हो । यसपटक सबैभन्दा बढी डार्क कमिक ड्रामा ‘जोकर’ ११ वटा विधामा मनोनयनमा परेको छ।

यस वर्ष सर्वोत्कृष्ट फिल्म अन्तर्गत ‘फोर्ड भर्सेस फरारी’, ‘द आइरिसम्यान’, ‘जोजो र्‍याबिट’, ‘जोकर’, ‘लिटिल वमन’, ‘वान्स अपअन अ टाइम… इन हलिउड’, ‘म्यारिज स्टोरी’, ‘पारासाइट’ र ‘१९१७’ फिल्महरू मनोनयनमा परेका छन् ।

सर्वोत्कृष्ट नायकमा एन्टोनियो बान्ड्रेस, लियोनार्दो डिकाप्रियो, एडम ड्राइभर, जोक्वीन फोनिक्स र जोनाथन प्रेस मनोनयनमा परेका छन् । त्यस्तै सर्वोत्कृष्ट नायिकामा सिन्थीया इर्भो, स्कारलेट जोहनसन, साओइर्स रोनान, रिने जेलवेगर र चार्लिज थेरोन मनोनयनमा परेका छन् ।

त्यस्तै सर्वोत्कृष्ट निर्देशकमा मार्टिन स्कोरसेज, क्वेनटेन तारान्तीनो, बोङ्ग जुनहो, साम मेन्डस र टोड फिलिप्स मनोनयनमा परेका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार