प्रधानमन्त्रीको प्रष्टिकरणः ‘अखण्ड भारतको नक्सा अगाडि उभिएर हात हल्लाए भन्नु आश्चर्यजनक’

प्रधानमन्त्रीको प्रष्टिकरणः ‘अखण्ड भारतको नक्सा अगाडि उभिएर हात हल्लाए भन्नु आश्चर्यजनक’


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय संसदमा गएर आफ्नै भूमि समेटिएको भारतीय झण्डा अगाडि उभिएर हात हल्लाए भन्नु आश्चर्यको कुरा भएको बताएका छन् । 

सांसद उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय संसद भवनमा आफू पुग्दै नपुगेको कुरालाई अतिरन्जित गरिएको तर्क गरेका हुन् । उनले भने ‘भारतिय नयाँ संसद भवनका राखिएको नक्साको बारेमा मोदीसंग हात हल्लायर फोटो खिच्ने भन्नु भयो । मलाई अचम्म लाग्यो म त्यो नयाँ संसद भवन अगाडी गएकै छैन् । मोदी म त्यहाँ पुगेकै छैनौं । देखेको पनि छैन् मैले त टिभीमा मात्र देखेको हो । त्यो पनि यहिँ नेपाल मै देखेको हो ।’

त्यस्तै प्रधानमन्त्री प्रचण्डले आफूले भारतिय संसद भवनमा गएर हात हल्लाएर फोटो खिचेको भन्ने कुरा पूर्णत गलत भएको बताएका छन् । 

‘अनि त्यहाँ गएर मोदीजी र मैले हात हल्लाएर फोटो खिचिएको भन्ने कुरा १०० प्रतिशत झुटो हो । यो विषयमा मैले भारतमा कुरा गरेन भन्ने पनि सत्य हैन् । मैले  कुरा गरेँ । उहाँहरुको आफ्नो तर्क छ यो संस्कृतिक ऐतिहासिक छ भन्ने । यो विषयमा छलफल गर्दै जाउला जान सकिन्छ । मलाइए थाहा छ नेपालको स्वाधिनता ।’ उनले भने । 

Logo