महासंघकाे टिप्पणी- आगामी वर्षको बजेटले मन्दी हटाउन प्रयास गरेन

महासंघकाे टिप्पणी- आगामी वर्षको बजेटले मन्दी हटाउन प्रयास गरेन


नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटले दीर्घकालीन लगानीको सम्भावनालाई बढाएपनि अहिलेको मन्दी हटाउन प्रयास नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

सरकारले ल्याएको बजेटबारे सोमबार आफ्नो धारणा सार्वजनिक गर्दै महासंघले यस्तो टिप्पणी गरेको हो । तर, व्यवसायिक वातावरण सुधारका लागि आगामी बजेटमा वातावरणीय प्रभाव मुल्यांकन, जग्गा प्राप्ति, काठको उपयोग तथा धौवादी सहित अन्य खानीको सम्भाव्यता खोजी गर्ने लगायतका बिषय स्वागतयोग्य रहेको महासंघले जनाएको छ।

‘महासंघद्धारा प्रस्तुत सुझाव समेत समावेश भएको बजेटले दीर्घकालीन  लगानीको सम्भावनालाई बढाए पनि तत्काल मन्दीको असर कम गर्ने उपाय अवलम्बन गर्न सकेको छैन । व्यवसायिक वातावरण सुधारका लागि आगामी बजेटमा वातावरणीय प्रभाव मुल्यांकन, जग्गा प्राप्ति, काठको उपयोग तथा धौवादी सहित अन्य खानीको सम्भाव्यता खोजी गर्ने लगायतका  बिषय स्वागतयोग्य छन्। वातावरणमा असर नपर्ने गरि उपयुक्त देखिएका स्थानबाट ढुंगा, गिट्टी, वालुवा उत्खनन्र निकासीको बाटो खोलिएकाले यसबाट व्यापार घाटा कम गर्न मद्दत पुग्नेछ ।’ विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, महासंघले बजारमा तरलता प्रवाह, विकास निर्माण र माग सिर्जनाका लागि आवश्यक निर्माण व्यवसायीको म्याद थप, मूल्य समायोजन र वक्यौता भुक्तानीमा बजेट मौन रहेको टिप्पणी गरेको छ । साथै निर्यातमा दिइँदै आएको अनुदान तीन/तीन महिनामा दिइने व्यवस्था बजेटमा समावेश भएको छ । तर, सम्भाव्य निर्यातयोग्य वस्तुको प्रवर्द्धनमा बजेट मौन छ रहेको भन्दै महासंघले आयकरमा गरिएको कटौति लगायतका प्रावधानले नकारात्मक प्रभाव पर्ने जनाएको छ।

Logo