तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!


आज २०८० जेठ २३ गते मंगलबार। ०६ जुन २०२३।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज शुभकार्यको चर्चा चल्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ। दिनको उत्तरार्ध बढी सुखद् रहनेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
सन्तान पक्षको मायामा कमी आउनेछ। सहकर्मीबाट विरोध आउला। गरेको कार्यमा अवरोध आउला। प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा )
रचनात्मक काममा जुट्ने समय छ। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। प्रेम सम्बन्ध कसिलो होला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
उन्नति एवं प्रगतिको वातावरण बन्नेछ। वैदेशिक र घरजग्गाको कारोबारमा सफलता मिल्नेछ। मेहनतीहरूका लागि दिन बढी फलदायी रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समाजसेवामा मन लाग्नेछ। पुरानो र रोकिएको काम दोहोर्याएर गर्दा सफलता मिल्नसक्छ। शेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल देला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
ताकेका काममा बाधा हुनेछ। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुने छैन। सङ्कटको सामना गर्दै उपलब्धि हासिल गर्नु पर्नेछ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज रमाइलो यात्रा रहला। आकस्मिक धन लाभ हुनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। सन्तान सुख पनि मिल्नेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ व्यक्ति सँग भेटघाट हुनेछ। रोकिएको धन हात पर्ला। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज साथीभाइबाट सहयोग लिने समय छ। नयाँ काम सुरु गर्ने समय छ। जोशजाँगर र उमंग बढ्ला। आर्थिक कारोबारमा सफलता पाइएला।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज दबाब र तनाव बढेको महसुस हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। काममा ढिलासुस्ती हुनेछ, तर आफन्तले सहयोग गर्नेछन्।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
श्रमको उचित मूल्याङ्कन हुनेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्‍तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
विद्याको विकास हुनेछ। पार्टी तथा सेमिनारमा सहभागी भइएला। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। आर्थिक लाभ पनि हुनेछ।

Logo