ए डिभिजन लिगमा आज चार खेल हुँदै

ए डिभिजन लिगमा आज चार खेल हुँदै


शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदैछन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दुईवटा खेल रंगशालामा हुनेछ भने च्यासल मैदान र एन्फा कम्प्लेक्समा एक एक खेल हुनेछ।  

च्यासल मैदान,ललितपुरमा हुने पहिलो खेलमा खुमलटार र बिभागिय टोली एपीएफ फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ। जुख खेल ३ बजेबाट सुरु हुनेछ। उता,त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको बिचको खेल पनि ३ बजेवाट नै सुरु हुनेछ। जुन खेल एन्फा कम्प्लेक्स,सातदोबाटोमा हुनेछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाईज र थ्रि–स्टार क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ। जुन खेल ३ बजेबाट सुरु हुनेछ। रंगशालामा हुने दोस्रो खेल भने साँझ ६ बजेवाट सुरु हुनेछ। जुन खेलमा सातदोबाटो र जावालाखेल युथ क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ। 

Logo