#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1225749755406145761777127259
नेपाल165313586057891

भिस्ताराले यही माघ २८ बाट काठमाडौँ उडान गर्ने

काठमाडौँ । भारतको टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त लगानी रहेको भिस्ताराले यही माघ २८ गतेदेखि काठमाडौँ उडान सुरु गर्ने भएको छ । आज एक कार्यक्रम आयोजना गरी भिस्ताराले दिल्ली काठमाडौँ रुटमा दैनिक हवाइ सेवा सञ्चालन गर्ने र त्यसका लागि बुकिङ सुरु भइसकेको जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै भिस्ताराका कार्यकारी प्रमुख लेस्ली थेङले भारतस्ँग सदियौँदेखि व्यापारिक र सांस्कृतिक सम्बन्ध रहेको राष्ट्रको प्रवेशद्वार मानिने काठमाडौंमा आफ्नो सेवा विस्तार गर्न पाउँदा आफू हर्षित भएको बताए । उनले नेपाल सरकारले वर्ष २०२० लाई पर्यटन वर्ष घोषणा गरेको सन्दर्भमा विस्ताराको आगमनले उक्त अभियानलाई सहयोग पुग्ने बताए ।

भिस्ताराले दिल्ली काठमाडौँका लागि दुईतर्फी भाडा दर इकोनोमी क्लासका लागि ९,९९९ भारतीय रुपैयाँ र १६,९९९ नेपाली रुपैयाँ तोकेको छ भने विजनेस क्लासका लागि ३९,९९९ भारतीय रुपैयाँ र ६१,९९९ नेपाली रुपैयाँ तोकेको छ ।

३४ गन्तव्यमा यसले हवाई सेवा प्रदान गर्दै आएको छ। हाल कम्पनीले ३२ एयरबस र ७ बोइङमार्फत दैनिक २ सयभन्दा बढी उडान भर्ने गरेको कम्पनीले जनाएको छ।

भिस्तारामा टाटा सन्सको ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ भने बाँकी ४९ प्रतिशत एसआइएको छ।

सम्बन्धित समाचारहरु

ताजा समाचार