#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21472847765864647257314234410
नेपाल26019102871617201

सनराइज बैंकको तीन महिने क्यास ब्याक योजना सार्वजनिक

काठमाडौँ । सनराइज बैंकले क्यास ब्याक योजना ल्याएको छ । यसबाट डिजिटल भुक्तानीलाई प्रोत्साहन मिल्ने बैंकले बताएको छ । माघ १, २०७६ देखि तीन महिनासम्म सञ्चालन गरिने यस योजना अन्तरगत सनराइज बैंकका डेबिट/क्रेडिट कार्ड सेवा लिएका तर हालसम्म पनि पोइन्ट अफ सेल टर्मिनल वा ई–कमर्स मा कार्ड प्रयोग नगरेका ग्राहकहरूले पोइन्ट अफ सेल टर्मिनलमा कारोबार गर्दा २ सय ५० रुपैयाँ र ई–कमर्समा कारोबारमा २ सय ५० रुपैयाँ क्यास व्याक प्राप्त गर्न सक्ने बैंकले बताएको छ ।

यस योजना अन्तर्गत क्यास ब्याक प्राप्त गर्नको लागी डेबिट/क्रेडिट कार्ड मार्फत महिनामा कम्तीमा दुई पटक न्यूनतम ५ सय रुपैयाँ वा सोभन्दा बढीको कारोबार गर्नुपर्नेछ । साथै, कुनै पनि ग्राहकले डेबिट/क्रेडिट कार्ड मार्फत एकै पटक वा पटक पटक गरी एक महिनामा १५,००० रुपैयाँ वा सो भन्दा बढीको खरिद कारोबार गरेमा १,००० रुपैयाँ क्यास व्याक प्राप्त गर्न सक्ने बताइएको छ । यस योजनामा एकजना कार्डहोल्डरले अधिकतम ३ हजार ५ सयसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार