#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1219673455277045503657093599
नेपाल164233586367752

चलचित्र कबिर सिंहको नेपाली भर्सनदेखि नेपाल बिल्डटेक एक्स्पाेसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ समाचार मध्ये हालसम्म बलिवुड चलचित्रहरु बाट कपि गरेर फिल्म बनाउने नेपाली फिल्म उद्योगले यस पटक भने बलिवुड चलचित्र कबिर सिंगको नेपाली भर्जन बनाउन लागेको हो ।

विश्व बजारमा आएका नयाँ नयाँ निर्माण यन्त्र र उपकरणबारे अवगत गराउने उदेश्यसहित यहि माघ ३ गतेदेखि ५ गतेसम्म ‘नेपालबिल्डटेक एक्सपो २०२०’ संचालन हुने भएको छ ।

छिमेकी मुलुक भारतले नेपालका लागि नयाँ राजदुत तोकेको छ । नेपाल भारतवीच रहेको उतार चढावयुक्त राजनीतिक सम्बन्धमा सुधार ल्याउने उदेश्यसहित तीन दशक भन्दा लामो परराष्ट्र मामिलाको अनुभव संगालेका विनय मोहन क्वात्रालाई नयाँ राजदुत तोकिएको बताइएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार