ओलीको व्यंग्य : हवाईजहाज कम्प्युटर बनाउने मान्छे भेटिए, अर्थ मन्त्रालयमा डाटा इन्ट्री गर्ने मान्छे भेटिएन

ओलीको व्यंग्य : हवाईजहाज कम्प्युटर बनाउने मान्छे भेटिए, अर्थ मन्त्रालयमा डाटा इन्ट्री गर्ने मान्छे भेटिएन


प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विश्व आर्टिफिसियल इन्टेलिजेन्सीमा पुगिसक्दा पनि नेपालमा भने अर्थ मन्त्रालयमा बजेट टाइप गर्ने मान्छे नभेटिएको भन्दै व्यंग्य गरेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो व्यंग्य गरेका हुन् ।

उनले “यत्रा वर्षमा हवाईजहाज मान्छेले बनाए, उडाउने पनि मान्छेले बनाए। कम्प्युटर बनाउने पनि, चलाउने पनि आए। आर्टिफिसियल इन्टेलिजेन्ससम्म पुगिसक्यो मान्छे, ती पनि भेटिए । तर, यहाँ डाटा इन्ट्री गर्ने मान्छे छैन,” ओलीले व्यंग्य गरे ।

बजेट बनाउने अघिल्लो रात अर्थ मन्त्रालयमा ‘अनधिकृत व्यक्ति प्रवेश गरेर करको दरमा हेरफेर गरेको’प्रति लक्षित गर्दै उनले व्यंग्य गरेका हुन् । 

Logo