अर्थमन्त्रीलाई ओलीले भने- कसम खाने बानी रहेनछ, राम्रो लाग्यो

अर्थमन्त्रीलाई ओलीले भने- कसम खाने बानी रहेनछ, राम्रो लाग्यो


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाशशरण महतको कसम खाने बानी नभएको भन्दै प्रशंसा गरेका छन्। 

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले करका दरबारे उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्रीले दिएको जवाफप्रति ओलीले टिप्पणी गरेका हुन् । 

‘अर्थमन्त्रीज्यूको कसम खाने बानी रहनेछ, राम्रो लाग्यो,’ उनले भने, ‘उहाँले जसरी सफाइ दिन खोज्नुभएको छ, त्यसमा बेनिफिट अफ डाउट दिऊँ । उहाँले भनेको कुरा नै साँचो होस्, अखबारमा आएका साँचो नहुन् ।’

Logo