सरकारलाई ओलीको कटाक्ष- पोहोर त बजेट पास भयो तर परिणाममा के भयो हजुर ?

सरकारलाई ओलीको कटाक्ष- पोहोर त बजेट पास भयो तर परिणाममा के भयो हजुर ?


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, वर्तमान सरकारले ल्याएको बजेटको मूल्यांकन गर्ने हो भने जिरो भएको भएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा सहभागी हुँदै प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओलीले बजेट बुझ्न र केलाउन त्यस्को असर कानूनी व्यवस्था सबै हेर्न सम्भव नै नहुने बताए । 

उनले भने ‘त्यसैले यो सजिलो छैन। अर्थतन्त्रको विषयमा अर्थ मन्त्रालयमा विश्वास पनि गर्नुपर्छ। तर अर्थ मन्त्रालय विश्वास गर्न लायक हुनुपर्छ। गत वर्ष नै हामीले देख्यौँ। तमासा त भयो। अनि तमासा भएपछि कमसे कम त्यहाँ बेठिक भएको रहेछ भनेर स्वीकार्नुपर्छ र अब यस्तो गर्नु हुन्न भनेर सरकारले भन्न सक्यो? सकेन ठीक गरेका छौँ हामीले कोहि पनि गएको छैन,भित्र बस्दै निस्किदै गएको छैन,बसेको भएपनि सुतेको छैन सुतेको भए पनि खाएको छैन। सबै गरेपनि बजेट हेरेको छैन। गरेको भएपनि लेखेको छैन। यस्तो तर्क बल जफ्तीको पनि हद हुन्छ नि? सत्तापक्षले केही पनि भएको छैन सबै ठीक छ हामीसँग बहुमत छ पास रे। पोहोर त पास भयो परिणाममा पास भयो कि फेल भो हजुर। सत्तापक्षलाई सोध्दै छु आज बजेट पास भो कि फेल भो फेलमात्र हैन जिरो भयो। ’ 

अध्यक्ष ओलीले बजेट प्रस्तुतिमा विचौलिया पस्ने, आर्थिक क्रियाकलापमा विचौलिया पस्ने, न्यायमा विचौलिया पस्ने, सेवा सुविधाका कुरामा विचौलिया पस्ने जस्ता कुरालाई किन नियन्त्रण गर्न सकेका छैनौँ भन्ने प्रश्नपनि गरे।

Logo