ए डिभिजन लिगमा आज तीन खेल हुँदै

ए डिभिजन लिगमा आज तीन खेल हुँदै


सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज बुधबार तीन खेलहरु हुँदैछन्।

दोस्रो लेगको १२ औँ चरण अन्तर्गत बुधबार तीन खेलहरु हुनेछन्। जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। त्यस्तै एक खेल च्यासल मैदानमा हुनेछ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र मछिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ।

रंगशालामा हुने दोस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। संकटा र फ्रेन्ड्सबीचको खेल साँझ ६ बजे सुरु हुनेछ। यस्तै च्यासलमा मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ । मनाङ र एनआरटीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

Logo