तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!


आज २०८० जेठ २५ गते बिहीबार। ०८ जुन २०२३।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज नयाँ र महत्त्वपूर्ण कामको थालनी हुनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।  पुँजी बजारमा गरेको लगानीले सफलता मिल्नेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
कला र गलाको प्रभाव बढ्नेछ। सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज काम बिग्रने डर छ। प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ। सौन्दर्यतामा धन खर्च हुनेछ। साँझपख शुभ समाचार आउन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। माया प्रेममा सामीप्यता बढेर जानेछ । वैदेशिक काममा सफलता मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। छोटो दुरीको लाभदायक यात्रा हुनेछ। मित्र वा आफन्तको सहयोग मिल्नेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। कूटनीतिक नियोगको सहयोग मिल्ला। पुनर्मिलनको योग पनि रहेको छ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज समयमा होस नपुग्नाले काम रोकिन सक्छ,तर लगनशीलताले कामहरू अगाडि बढ्नेछ। साँझमा आर्थिक लाभ पनि मिल्नसक्छ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आफन्तको प्रगतिमा मन रमाउनेछ। विद्या र बुद्धिको विकास हुनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। महिला वा मित्रबाट सहयोग मिल्नेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज विलासी बस्तुको प्रयोग गर्न पाइनेछ। शुभकार्यको चर्चा चल्नेछ। पुराना मित्रहरूसँग भेट हुनेछ परिश्रम गर्दा धनार्जन हुनेछ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला। व्यावसायिक काम राम्रै हुनेछ। शुभकार्यको चर्चा पनि चल्नेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
अनावश्यक यात्रा हुनेछ। प्रेमी बिच खिन्नता बढ्न सक्छ। मनमा निराशा र शरीरमा आलस्य आउला, तर साँझमा कुनै कुराले मन खुसी हुनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। बौद्धिकताको विकास हुनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

Logo