यू-२० महिला एसियन कपमा चीनको सामना गर्दै नेपाल

यू-२० महिला एसियन कपमा चीनको सामना गर्दै नेपाल


एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपालले आज बिहीबार चीनको सामना गर्दैछ। म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपालले बलियो टोली चीनको सामना गर्नेछ। नेपाल र चीनबीचको खेल दिउँसो २:४५ बजे सुरु हुनेछ।

नेपाल आज चीनलाई हराएर पहिलो जित निकाल्न चाहन्छ। पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ५-० ले पराजित भएको थियो।चीन भने लगातार दोस्रो जित निकाल्न चाहन्छ। पहिलो खेलमा चीनले चाईनिज ताइपेलाई १-० ले हराएको थियो।

छनोटको समूह 'बी' को नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ। चीन ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। नेपालले अन्तिम खेलमा शनिबार चाईनिज ताइपेसँग खेल्नेछ।

Logo