सांसद गुरुङकाे टिप्पणी- ‘वर्तमान सरकारको बजेट पञ्चायतकालीन बजेटको पुनरावृत्ति’

सांसद गुरुङकाे टिप्पणी- ‘वर्तमान सरकारको बजेट पञ्चायतकालीन बजेटको पुनरावृत्ति’


नेकपा एमालेका सांसद पृथ्वी सुब्बा गुरुङले वर्तमान सरकारले ल्याएको बजेट पञ्चायतकालीन बजेटको पुनरावृत्ति भएको दावी गरेका छन् । 
 
बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सहभागी हुँदै सांसद गुरुङले बजेट प्रगतिशील नभएको आरोप लगाए।
 
उनले भने ‘राज्य सत्ताको अधिकार प्राप्त सरकारले जोसंग आर्थिक अधिकार पनि छ। त्यसैले यो बजेटलाई पञ्चायतकालीन वजेटको पुनरावृत्ति भयो भन्न सकिन्छ। यो कुनै प्रोगेसिभ बजेट हैन। यो समाजवादको यात्रा तय गर्ने खालको बजेट हैन। यहाँ कुनै कर प्रणालीमा परिवर्तन भएको छैन। भन्सार राजस्वमा आधारित अर्थतन्त्र निमार्ण गर्न खोजेर,भन्सार राजस्वमा रमाउने सरकार कमिसन तन्त्रमा रमाउने व्यवसाय यस्तो अर्थतन्त्रले देशको विकासमा योगदान पुर्‍याउन सक्दैन। ’

Skip This
Logo