आँखा दान गरेर अमरत्व प्राप्त गर्नेहरुको सम्झनामा सामूहिक श्रद्धाञ्जली सभा हुने

आँखा दान गरेर अमरत्व प्राप्त गर्नेहरुको सम्झनामा सामूहिक श्रद्धाञ्जली सभा हुने


नेपाल आँखा बैंकले आँखा दान गरी अमरत्व प्राप्त गर्नेहरुको सम्झनामा आगामी जेठ २७ गते शनिबार सामूहिक श्रद्धाञ्जली सभा गर्ने भएको छ । 

बिहीवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी बैंकले मरणोपरान्त आँखाको नानी दान गरी अमरत्व प्राप्त गर्नेहरुको सम्झनामा श्रद्धासुमन अर्पण गर्न सामूहिक श्रद्धाञ्जली सभा आयोजना गर्न लागेको जानकारी दिएको हो । 

विगत ३ वर्षमा कोभिडको कारणले हुन नसकेको सभा अहिले गर्न लागिएको हो । नेपाल आँखा बैंकका व्यवस्थापक शंख नारायण त्वायनाले आँखा दानलाई संस्कारको रुपमा स्थापित गर्न सके दृष्टिविहीनलाई पुनः दृष्टि प्रदान गर्न अझ प्रभावकारी हुने टिप्पणी गरे । उनले कार्यक्रममार्फत आँखाको नानीको कारणले दृष्टिविहीन भएकालाई देख्न र देखाउन कार्यक्रमको आयोजना गर्न लागेको बताए । 

उनले भने,‘आँखा दानलाई संस्कारको रुपमा स्थापित गर्न सके दृष्टिविहीनलाई पुनः दृष्टि प्रदान गर्न अझ प्रभावकारी सावित हुनसक्छ । नेपालमा आँखादान गर्न र गराउनको लागि जनमानसलाई सु–सूचित गर्ने उद्देश्यलेनेपाल आँखादिने समाजको पनि स्थापना भएको छ । नेपालभरि सबै क्षेत्रमा शाखा प्रशाखा मार्फत आखादान सम्बन्धि जनचेतनामुलक कार्यक्रम सञ्चालन गरि आँखाको नानीको कारणले दृष्टिविहीन भएकालाई देख्न देखाउन कार्यक्रमहरुको तर्जुमा गरेको छ ।’ 

बैंकमा आँखाको नानी शुरुको अवस्थामा विदेशबाट झिकाइन्थ्यो भने हाल आँखाको नानी देश भित्रबाटै संकलन गरि स्वदेशका अन्य अस्पतालमा समेत प्रत्यारोपण सुविधा उपलब्ध गराएको छ ।

त्यस्तै गरेर स्थानीय आँखा अस्पतालको समन्वयमा मेची, विराटनगर, लहान, हेटौँडा, भरतपुर,लुम्बिनी, पोखरा र कैलालीमा पनि क्षेत्रीय आँखा नानी संकलन केन्द्रहरु स्थापना भई आँखाको नानीहरु संकलन गरिरहेको छ । 

Logo