प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले महालेखा परिक्षकको वार्षिक प्रतिवेदन पेश गर्ने

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले महालेखा परिक्षकको वार्षिक प्रतिवेदन पेश गर्ने


संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज  पनि बस्दैछ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महालेखा परिक्षकको ६०औँ वार्षिक प्रतिवेदन सदनमा पेश गर्ने कार्यसूचि रहेको संघीय संसद सचिवालयले जानकारी गराएको छ।

बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ।आजको बैठकमा प्रधानमन्त्री दाहालले “महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदन २०७९”पेश गर्ने तथा राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफल जारी रहने संघीय संसद सचिवालयका महासचिव डाक्टर भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

सरकारको आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा विभिन्न राजनीतिक दलका सांसदहरुले धारणा राख्ने क्रम आज पनि सदनमा जारी रहने भएको छ।

Logo