संसद सत्ता पाउने नपाउने आवेगको केन्द्र नबनोस्ः सांसद खतिवडा

संसद सत्ता पाउने नपाउने आवेगको केन्द्र नबनोस्ः सांसद खतिवडा


नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले संसदलाई सत्ता प्राप्त गर्ने र गुमाउने  आवेगको केन्द्र बनाउन नहुने बताएका छन्। 

शुक्रबार संसदमा उनले संसदलाई हल्का रुपमा प्रस्तृत गरिएको भन्दै सत्ता पाउने नपाउने आवेगको केन्द्र संसद बन्न नहुने बताए। उनले संसदमा बोलेका कुरा हटाउने कार्यसमेत बन्द हुनुपर्ने तर्क गरेका हुन्। 

संसदमा छलफल हुने विषयबस्तु रेकर्डबाट हटाउने क्रम बन्द हुनुपर्ने भन्दै उनले केपी ओली सरकारको पालामा भएको पशुपतिको जलहरी प्रकरणबारे फेरी प्रश्न उठाए। 

‘महालेखाको प्रतिवेदन ३१६ मा सुनको जलहरि निर्माण प्रकृयामा १०७ किलो सुन ९ सय २४ ग्राम सुन प्रयोग गर्ने उल्लेख गरिएको छ त्यसमध्ये ९६ किलो ८ सय २२ ग्राम मात्र प्रयोग गरिएको र १० किलो ९ सय ७६ ग्राम सुन व्यपत्ता भएको भन्ने  कुरा महालेखाको प्रतिवेदनमा उल्लेख छ।’ उनले भने ‘त्यसको कुरा संसदमा बोल्दा रेकर्ड हटाइयो म त्यसको विरुद्धमा छु। यो कुरा बोल्दा ३ चोटी ४ चोटी संसदबाट डिलेट हुन्छ भने जनताको मनबाट डिलेट हुन सक्दैन। यो विषय संसदमा छलफल हुनुपर्छ।’

Logo