सरकारले कृषिजन्य उत्पादनमा कर लगाएर गरीबमाथि खेलवाड ग-योः सांसद बिष्ट

सरकारले कृषिजन्य उत्पादनमा कर लगाएर गरीबमाथि खेलवाड ग-योः सांसद बिष्ट


नेकपा एमालेका सांसद सांसद गोकर्ण बिष्टले सरकारले गरीबको भोको पेटमाथि खेलवाड गरिरहेको आरोप लगाएका छन् । 

शुक्रवार प्रतिनिधि सभाको बैठकमा सांसद बिष्टले सरकाले आलु प्याज लगायतको कृषिजन्य उत्पादनमा १३ प्रतिशत कर लगाएर गरीबको भोको पेटमाथि खेलवाड गरेको जिकिर गरेका हुन् । 

उनले भने,‘सरकारले आलु प्याज लगायतको कृषिजन्य उत्पादनमा १३ प्रतिशत कर लगाएको कारण ९ प्रतिशत मूल्य वृद्धि भएको छ, आम नागरिकले ९ प्रतिशतको मूल्य वृद्धि सामना गर्नुपरेको छ । गरीबको पेटले भोजन मागिरहेको छ । तर सरकारले गरीबको पेटमाथि खेलवाड गरिरहेको छ ।’ 

सांसद विष्टले आयातमा लगाईएको राजस्वले मात्र आर्थिक वृद्धि सम्भव हुन नसक्ने भन्दै आर्थिक वृद्धि अत्यन्तै हचुवाको भरमा आएको तर्क गरे । 

Logo