राजादेखि विप्लव माओवादीसम्म अट्ने प्रणालीबारे बहस गरौंः कमल थापा

राजादेखि विप्लव माओवादीसम्म अट्ने प्रणालीबारे बहस गरौंः कमल थापा


राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजादेखि विप्लब माओवादीसम्म अट्ने राज्य प्रणालीबारे बहस हुनुपर्नेमा जाेड दिएका छन् । 

पार्टी आवद्ध जनवर्गीय संगठनको संयुक्त विरोध प्रदर्शनमा सहभागी हुँदै अध्यक्ष थापाले यस्ताे बताएका हुन् । आक्रोशयुक्त भाषण गरेका उनले गणतन्त्रले देशलाई स्थायी र समृद्धिको दिशामा लैजान नसकेको बताए ।  

देशमा भएका ठूला भ्रष्टाचारका काण्डको फाइल खोलेर दोषीलाई तत्काल कारबाही प्रक्रिया अघि बढानुपर्नेमा अध्यक्ष थापाको भनाई थियो । आज पार्टी आवद्ध जनवर्गीय संगठनको संयुक्त विरोध प्रदर्शनको क्रममा नयाँ बानेश्वरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै थापाले वाईडवडी घोटाला, एनसेल कर छली, ललिता निवास काण्ड, तेत्तीस क्विन्टल सुन काण्ड, सार्वजनिक जग्गा अतिक्रमण जस्ता जघन्य भ्रष्टाचारका काण्डको सत्यतथ्य छानबिन गरि दोषीलाई कारबाही हुनुपर्ने बताए । 

नागरिकता विधेयकले देशको स्वाधिनताको रक्षा गर्न नसक्ने भन्दै अध्यक्ष थापाले नागरिकता विधेयक खारेज हुनुपर्ने, संघीयताले मुलुकलाई टाट पल्टाउने भएकोले संघीयता पनि खारेज हुनु पर्ने बताए । 

Logo