प्रभु लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

प्रभु लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिक साधारण सभा सम्पन्न


प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममबीच कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । २०७४ मंसिर २८ देखि बीमा व्यवसाय कारोबार संचालन गर्दै आएको प्रभुले पाँचौं वार्षिक साधारण सभा गरेको हो ।

पाँचौं वार्षिक साधारण सभाले समूह “क” संस्थापक समूहका शेयरधनीका तर्फबाट शिक्षा भट्टचन, मिजास भट्टचन, श्याम कृष्ण श्रेष्ठ र श्री सुुुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।साधारण सभाले ९.८० प्रतिशत शेयर लाभांस र ०.५१ प्रतिशत नगद लाभांस (कर प्रयोजनको लागि) गरी जम्मा १०.३१ प्रतिशत लाभांस प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष अमात्यले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ ।साधारण सभाले प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच १ः१ शेयर अनुपातमा हुने मर्जर प्रकृयालाई स्वीकृति प्रदान गरेको छ साथै, मर्जर पछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड राख्न पनि स्वीकृति प्रदान गरेको छ ।

Logo