प्रचण्डप्रति ओलीको कटाक्षः युक्रेन वारले भारत भ्रमणमा चुइँक्क बोल्न नसक्या हाे ?

प्रचण्डप्रति ओलीको कटाक्षः युक्रेन वारले भारत भ्रमणमा चुइँक्क बोल्न नसक्या हाे ?


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डजीको भारत भ्रमणमा नेपाली भूमिका बारेमा चुइँक्क बोल्न नसकेको युक्रेनको वारले हो ? भन्दै प्रश्न गरेका छन् । 

शनिवार काठमाडौंमा आयोजित नेपाल निजामति संगठनको दोस्रो राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भारत भ्रमणमा आफ्नो अतिक्रमित भूमिको बारेमा चुइँक्क बोल्न नसकेको भन्दै किन त भन्ने प्रश्न समेत उठाएका छन् । 

उनले भने, ‘अहिले त अवस्था राम्रो छैन । देशलाई नै ग्रहण लागेको जस्तो भएको छ । यी दुई वर्षमा ८ प्रतिशत पु-याउँछु भनेको उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था छ । त्यसरी नराम्ररी देश पछाडि परेको छ । साढे ६ प्रतिशत पुगिसकेको उत्पादन वृद्धिदर घटेर २ भन्दा तल आयो । अहिले कोभिडको मारले यता उता भनेको होइन । युक्रेनको वार भनेर हल्ला चलाउने गरेको छ । युक्रेनको वारले हाम्रो कहाँ धुलो उडायो की धुवाँ उडायो की ? के गरेको छ ? अनि यहाँ युक्रेनका वारले हो प्रचण्डजीले नदीहरू सित्तैमा दिएर आएको ? प्रचण्डजीको भारत भ्रमणमा नेपाली भूमिका बारेमा चुइँक्क बोल्न नसक्या युक्रेनको वारले हो ?’

देश नै ग्रहण लागेको अवस्थामा पुगेको भन्दै अध्यक्ष ओलीले सरकारले साढे ६ प्रतिशत रहेको उत्पादन वृद्धिदर २ प्रतिशतभन्दा कम हुनुमा सरकारले युक्रेनको वार देखाइरहेको आरोप लगाए ।

Skip This
Logo