‘साजन जी घर आए’ मा सलमानकाे डुप्लिकेटले गरेका थिए अभिनय

‘साजन जी घर आए’ मा सलमानकाे डुप्लिकेटले गरेका थिए अभिनय


फिल्म ‘कुछ कुछ होता हे’ जति सफल भयो, यसमा रहेका गीत दर्शकमाझ उत्तिकै लोकप्रिय बने ।

फिल्मको शीर्ष गीत होस् या ‘साजन जी घर आए’ दर्शकको मुखमा अहिले पनि झुण्डिरहेको छ । यी गीतलाई बलिउडमा अहिले पनि ‘आइकनिक ट्रयाक’ मानिन्छ । गीत ‘साजन जी घर आए’मा सलमान खानको अभिनय छ । यो गीतको कोरियोग्राफर फराह खानले गीतको अधिकांश दृश्यमा सलमानको डुब्लिकेटले अभिनय गरेको खुलासा गरेकी छन् ।

फिल्मका केही दृश्यमा सलमानले अमन चरित्रमा अभिनय गरेका छन् । फराहका अनुसार सलमानको डुब्लिकेट रितले गीतमा नृत्य गरेका थिए । ‘रितजी निकै क्युट थिए । म भन्छु कि साजन जी घर आए मा सलमानको आधा गीत सलमानको डुब्लिकेट बनेर रितजीले पुरा गरे । किनकी सलमान दुई तीन घण्टाका लागि मात्र आउँथे । बाँकी ब्याक सट, टप सट, वाइड सट सबै रितले गर्थे’, उनले भनेकी छन् ।

Logo