प्रचण्डको सत्तालिप्सा तोड्न एमाले र कांँग्रेस एक हुनुपर्छः महेश बस्नेत

प्रचण्डको सत्तालिप्सा तोड्न एमाले र कांँग्रेस एक हुनुपर्छः महेश बस्नेत


नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले देश विकास र समद्धिको भिजन र दृष्टिकोण आफ्नो पार्टीसँगमात्रै रहेको दाबी गरेका छन् । 

शनिबार काठमाडौंमा आयोजित साक्षत्कार कार्यक्रममा नेता बस्नेतले एमालेसँग मात्रै स्थिर सरकार र लिडरसिपको भिजन रहेको बताएका हुन् । उनले भने, ‘नेपाली जनताले विकास, समृद्धि र परिवर्तन चाहेका छन् । त्यो पनि तीव्र गतिमा चाहेका छन् । त्यसको निमित्त मुलुकमा स्थिर सरकार चाहेका छन् । राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता छ ।’ 

उनले थपे, ‘स्थिर सरकारभित्र भिजन भएको र दृष्टिकोण भएको लिडरसिपले मात्रै त्यो पूरा गर्न सकिन्छ भन्ने कुराको अन्तराष्ट्रिय अनुभव र नेपालको अनुभव हामीसँग छ ।’ 

एमाले अध्यक्ष केपी शर्मा ओलीको ४० महिने सरकारले विकासको स्तम्भको रूपमा स्थापित गरेको नेता बस्नेतको दाबी छ । भारतमा आगामी २०२४ मा हुने निर्वाचनमा भाजपाले दुईतिहाईको अपेक्षा गरिरहेको प्रसंगलाई जोड्दै स्थित सरकार नभएसम्म मुलुकमा विकास नहुने उनले बताए । 

अहिलेको सरकारले विकासका क्षेत्रमा कुनै भूमिका निर्वाह गर्न नसकेको उनको आरोप छ । 

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएर आफ्नो सत्ताको आयु लम्व्याउन सफल भएको नेता बस्नेतले बताए । अहिले माओवादीको नेता कार्यकर्ताहरुले पनि दाहालको भारत भ्रमणलाई दाहालको हितमा रहेको विश्लेषण गरिरहेको उनले बताए । 

प्रधानमन्त्री प्रचण्डले रेशम चौधरीलाई आम माफी दिने निर्णय मन्त्रिपरिषद्बाट पारित गराएर भारतलाई कोशेली लिएर गएको नेता बस्नेतको आरोप छ । उनले भने, ‘रेशम चौधरीको मुद्दा फिर्ता गरियो । किन हथाठ भए यी कुराहरु ? यी कुराहरु किन भए भने भारतले नमागेको कोशेली लिएर उहाँ जानुभयो ।’

समृद्ध मुलुक निर्माणका लागि खुल्ला छलफलका लागि नेता बस्नेतले सबै दललाई आग्रह गरे । प्रचण्डको विकल्पमा टालाटुली बटुलीको खेलमा आफूहरु नलाग्ने उनले बताए ।  एमाले र कांग्रेस मिलेबीच समझदारी बनेको खण्डमा मात्रै देशले निकास पाउन सक्ने उनको दाबी छ । 

‘एमाले र कांग्रेस एक ठाउँमा बसेर यो मुलुकलाई विकल्प दिन तयार हुनुपर्छ भन्ने मलाई लाग्छ । एमाले र कांग्रेसकोबीचमा सहमति बन्यो भने यो देश ठीक ढंगले जान सक्छ । कांग्रेस र एमालेबीचमा उच्च तहको समझदारी बन्यो भने जनतामा आशा जाग्न सक्छ । नत्रभने यो देश फेरि पनि प्रचण्डको सत्ता लिप्साको वरिपरी घुम्ने छ,’ उनले भने । 

Skip This
Logo