यस्ताे छ आजको फलफूल तथा तरकारीको मूल्य

यस्ताे छ आजको फलफूल तथा तरकारीको मूल्य


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। 

जसअनुसार, नेपाली ठूलो गोलभेँडा ५०, भारतीय प्रतिकेजी न्युनतम ५० रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा ८ रुपैयाँ,रातो आलु ४४ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, कागती १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ११०,तने बोडी ६०,मकै बोडी ५०,लोकल घिउ सिमी लोकल ४०,राजमा सिमी ८०,भटमासकोशा १२०,मटरकोशा १६०, तितो करेला ३०, लौका ५०, परवल लोकल ७०, पाकेको फर्सी ४०,डल्लो फर्सी हरियो ३०, घिरौंला ४०,भिण्डी ६०,स्कूस ५०,कन्य च्याउ १५० रुपैयाँ,डल्ले च्याउ ३३०, कुरीलो २००,ब्रोकाउली ८०,तोफु ११०,लोकल काँक्रो ११० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ। 

चमसूरको साग १००,पालुंगो साग १००,मेथिको साग १००,तोरीको साग ४० हरियो लसुन ६०,हरियो प्याज ५०, रायो साग ४०,धनियाँ २८० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ। त्यस्तै,तरबुजा हरियो ४०,दसहरी आँप ९०,मौसम १८०,अनार ३८०,केरा दर्जनको १२०,फूजी स्याउ २८०,आभोकाडो ५०० र मेवा भारतीय १०० र लिच्ची लोकल १२० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरेको छ।

Logo