प्रधानमन्त्री प्रचण्डसँग सांसद ठकुरीको भेट

प्रधानमन्त्री प्रचण्डसँग सांसद ठकुरीको भेट


बागमती प्रदेशसभा सदस्य विमल ठकुरीले नागरिकहरूको गुनासो पत्रसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन्।सांसद ठकुरीले आइतबार बिहान नागरिकहरूको गुनासो समेटिएको पत्रसहित प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सांसद ठकुरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग भेट गर्दै गुनासो पत्र हस्तान्तरण गरेका हुन्। 

उनले काठमाडौँ विकसित जिल्ला भए पनि काठमाडौँ-३ विकासको गतिमा पछि परेकाले सो क्षेत्रका लागि प्राथमिकताका साथ कार्यक्रमहरू ल्याउन आग्रह गरेका छन् ।

 

Logo